Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेवाग्राहीबाट २५ हजार घुस लिने सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेकी असिष्टेन्ट सव–इन्जिनियरविरद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारले चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ वडा कार्यालयमा कार्यरत विजया लक्ष्मी पन्तविरुद्ध आरोपपत्र दायर गरेको हो ।

भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुुस माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियारको टोली पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पन्तविरुद्ध २५ हजार रुपियाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077