Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुरक्षा निकायमाथि हुने लगानी समृद्धिको यात्रातर्फको एक कोशेढुंगा हो : आईजीपी कुँवर

    सुरक्षा निकायमाथि हुने लगानी समृद्धिको यात्रातर्फको एक कोशेढुंगा हो : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 1.2K
    SHARES

    पाल्पा । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आएको बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पा परिसरमा नवनिर्मित निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले नवनिर्मित संरचनाहरूले अब प्रहरीलाई थप हौसला उर्जा र मनोवलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।



    संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धिदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगबाट संगठनलाई संस्थागत रूपमा मजबुत, दक्ष र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको उनको भनाई छ ।

    प्रहरी महानिरीक्षक कुँवरले प्रहरी दक्ष, सक्षम र व्यावसायिक हुनु भनेको राज्य र आमनागरिकहरू लाभान्वित हुनु हो र यसले समस्त देश र दीगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह हुने निश्चित रहेको उल्लेख गरे ।

    सुरक्षाको अभावमा शान्ति र शान्तिको रिक्ततामा समृद्धि प्राप्तिको यात्रा पक्कै पनि सहज नहुने चर्चा गर्दै उनले भने, “सुरक्षा निकाय उपर हुने लगानी अन्तत: राष्ट्रको समृद्धिको यात्रातर्फको एक कोशेढुंगा हो भनेर सबैले बुझ्न जरूरी छ ।”

    यस्तै उनले जिल्ला प्रहरी कार्यालय पाल्पा परिसरमा निर्मित भवनहरूको निरीक्षण समेत गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार