Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशी प्रदेशमा माओवादीकी चम्पादेवीले दिइन् उम्मेदवारी

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट कोशी प्रदेशमा महिला क्लस्टरबाट नेकपा माओवादी केन्द्रकी नेता चम्पादेवी कार्कीले उम्मेदवारी दिएकी छन्।

सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन्।

कार्कीको प्रस्तावकमा माओवादीका कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री मन्त्री गणेश उप्रेती र समर्थकमा कांग्रेस प्रदेश सांसद रामकुमार खत्री छन्।

यसअघि नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077