Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले कोशीमा उम्मेदवारी दर्ता गरेको छ।

एमालेले कोशीको अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाको उम्मेदवारी दर्ता गराएको हो।

अधिकारीको प्रस्तावकमा प्रदेश सांसद सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन्।

कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिला दिक्षीत कार्की छन्।

कोशीमा दुई सीटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादीकी विना पोखरेलको पदावधि सकिन लागेपछि सो पदका लागि चुनाव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077