Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

१४ किलो सुन तस्करी प्रकरण : ८ जनालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

जिल्ला अदालतले १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो।

विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो ।

उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए । विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा यो समूहले १३८ किलो सुन तस्करी गरेको भन्दै सोही बराबर बिगो र जरिवाना दाबी गरेको छ।

पछिल्लो पटक सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मिनबहादुर घले, यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

यही मुद्दामा प्रतिवादी बनाइएका डीबी भन्ने धनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङ भने फरार छन्। यस्तै तस्करीको सुन विमानस्थलबाट गिरोहको घरसम्म पुर्‍याइदिने कर्मचारी पनि जेल चलान भएका छन्।

विमानस्थलका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत जेल चलान भएका हुन्। उनीहरु नागरिक उड्ययन प्राधिकरण अन्तर्गतका कर्मचारी हुन्। उनीहरुले धनबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारी गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077