Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यो मुलुक राजामहाराजाको होइन, जनताको देश हो : माधव नेपाल

वीरगन्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएको दाबी गरेका छन् ।

सोमबार बाराको परवानीपुर गाउँपालिका-५ बहुवरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो दाबी गरेका हुन् ।

उनले राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेको बताए । 'यो देश राजामहाराजाको देश होइन । जनताको देश हो ।अब राजा आउने कल्पना नगरे हुन्छ,' उनले भने ।

देशमा भ्रष्टाचारविरुद्ध नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) एकसाथ मिलेर अगाडि बढेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077