Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकक उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, डेढ सय यात्रु अलपत्र

काठमाडौं । काठमाडौंबाट बैंकक जान लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या आएको छ ।

१५२ जना यात्रु बोकेर उड्न लागेको जहाजमा समस्या आएपछि रन वे मा पु¥याएर फर्काइएको थियो ।

जहाजमा समस्या आएपछि आजको उडान स्थगित भएको छ ।

दिउसो २ बजे बैंकक जान लागेको जहाज रन वे पुगेर फर्किएको बताइएको छ । यस्तै फेरि साढे ४ बजे समस्या आएको विमानस्थल स्रोतले बतायो ।

यात्रुहरु विमानस्थलमै अलपत्र अवस्थामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077