Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । नेपाली सेनाले इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ इराकमा तैनाथ टोलीलाई प्रतिस्थापन गर्न २१ जना शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रमुख सेनानी राजेन्द्र पराजुलीको कमाण्डमा यही पुस २३ गते गएको उक्त टोलीले बदली गर्ने युनिटका २१ जना शान्ति सैनिकहरू पुस २५ गते स्वदेश फिर्ता हुनेछन् ।

हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077