Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेत पुगेपछि...

धनगढी । काठमाडौंबाट धनगढी उडेको श्री एयर र बुद्ध एयरको विमान सुर्खेत अवतरण गरिएको छ ।

बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको हो।

दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको थियो।

तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो। सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले जनाएको छ ।

धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एयरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077