Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

गैंडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी । नवलपरासी पूर्वको गैंडाकोटमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कास्की माछापुच्छ्रे गाउँपालिका-४ का २२ वर्षीय बलबहादुर शाहीको मृत्यु भएको हो।

ना ६ ख ६०१३ नम्बरको ट्रकले ना ६५ प ६७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077