Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • केपी ओलीको मति अझै सप्रेको छैन : माधव नेपाल

    केपी ओलीको मति अझै सप्रेको छैन : माधव नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 648
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् ।

    पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने तर्क गरे ।



    उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत सुमाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको मति सप्रिएको छैन। कम्युनिष्टहरु मिलुन् मात्रै भनेर हुँदैन ।’



    अध्यक्ष नेपालले राष्ट्रियसभा चुनावका बेला समेत ओलीले प्रधानमन्त्री समेत रहेका प्रचण्डसँग एकीकृत समाजवादीलाई जिरो सिट दिन भनेको भन्दै गुनासो गरे ।

    विचार, दृष्टिकोण र व्यवहार गलत भएसम्म देश र जनतालाई केन्द्रविन्दुमा राखेर जुध्न तयार रहेको बताए । ओलीले प्रचण्डमाथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको स्मरण समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार