Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रक्षामन्त्री खड्काको आग्रह – राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनका विवरण एक साताभित्र पेश गर्नू

    रक्षामन्त्री खड्काको आग्रह – राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनका विवरण एक साताभित्र पेश गर्नू

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 507
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, जनताको जीवनको सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण र संवेदनशील विषय भएकोले यसको कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

    रक्षा मन्त्रालयमा बुधबार भएको राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना, २०७७ को प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।



    उनले सरकारका सबै मन्त्रालय, नेपाली सेना, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाले पूर्ण स्वामित्व र अपनत्व लिँदै जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताए ।



    कार्यक्रममा उपस्थित सबै मन्त्रालय र निकायका प्रतिनिधिलाई राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयनको एकीकृत कार्ययोजना २०७७ मा आ-आफ्नो मन्त्रालय-निकायलाई जिम्मेवारी तोकिएका विषयमा हालसम्म भएका प्रगति र कार्यान्वयनमा देखिएका समस्या तथा सम्बोधन गर्नुपर्ने विषयमा एक साताभित्र लिखित रूपमा रक्षा मन्त्रालयमा विवरण उपलब्ध गराउन उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार