Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनानी श्रेष्ठको नेतृत्वमा २१२ जना शान्ति सैनिकहरू दक्षिण सुडान प्रस्थान

काठमाडौं । दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत वीरदल गणको नवौं डफ्फाको कार्यकाल सम्पन्न भएकोले त्यसको बदलामा अरिदमन गणको दशौं डफ्फाको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

दशौं डफ्फाका २१२ जना शान्ति सैनिकहरू त्यसतर्फ गएका हुन् ।

आज सेनानी लालबहादुर श्रेष्ठको नेतृत्वमा उनीहरु संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमार्फत काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077