Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज पनि बस्दैछ ।

बुधवारदेखि ललितपुरको ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीको केन्द्रीय राजनीतिक समितिको बैठकमा आज विभिन्न प्रतिवेदनमाथि छलफल हुन लागेको हो ।

पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बुधवारको बैठकमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत भएको छ। बैठकमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

साथै प्रदेश समितिको तर्फबाट प्रदेश इन्चार्ज तथा तथा प्रतिनिधिले रकम चेम्जोङ, आत्माराम साह, सुशीला श्रेष्ठ, शिवलाल थापा, राजकिशोर यादव, प्रकाश अधिकारी र मालामती राना थारुले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यस्तै विभागको तर्फबाट विभिन्न विभागका प्रमुखहरू रणध्वज कन्दङ्वा, मनिस सुमन, विजय यादव, लिला सिटौला, पूर्ण बस्नेत, रमेशबाबु श्रेष्ठ, अर्जुन थापाले विभागीय प्रतिवेदन प्रस्तुत गरेको बस्नेतले बताए।

सङ्ठनको तर्फबाट सञ्जय सिंह, आङ्गकाजी शेर्पा, देवराज राई, विनोद चौधरीले सङ्गठनको प्रगति प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए।

बस्नतेका अनुसार आजको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सुझाव राख्ने र बाँकी कार्यसूचिमाथि छलफल हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077