Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सुनसरीमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बराहक्षेत्र नगरपालिका–५का ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो। जङ्गलबाट घाँस लिएर आइरहेका बोला विष्टमाथि हात्तीले आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077