Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा र लमजुङसहित चार जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । बिहीबार बारा र लमजुङका सिडिओको सरुवा गरिएको छ ।

बारामा शशिधर घिमिरे तथा लमजुङमा उमाकान्त अधिकारीलाई खटाइएको छ । दुवै जना गृह मन्त्रालयमा कार्यरत थिए ।

बारामा नवराज सापकोटा तथा लमजुङमा रामकृष्ण अधिकारी रहेकोमा उनीहरूलाई मन्त्रालयमा सरुवा गरिएको छ ।

सापकोटालाई अवधि नपुगी तथा अधिकारीलाई अवधि पुगेर सरुवा गरिएको हो । केही दिनअघि गुल्मी र खोटाङका सिडिओ हेरफेर गरिएको थियो ।

केही दिनअघि कृष्ण शर्मालाई गुल्मीमा खटाइएको थियो भने खोटाङको सिडिओमा पवित्र प्रकाश शाहलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077