Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेल र एफएओका डाइरेक्टर क्युबीच भेटवार्ता

    राष्ट्रपति पौडेल र एफएओका डाइरेक्टर क्युबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 420
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन ‘एफएओ’ का डाइरेक्टर जनरल डा क्यु दोङयुबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको हो ।



    भेटका अवसरमा राष्ट्रपति पौडेलले खाद्य तथा कृषि संगठनले नेपालमा विशेषगरी खाद्य तथा पोषण सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विकास, सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि एवं सार्वजनिक नीतिगत क्षेत्रमा विगत लामो समयदेखि गरेको सहकार्य र योगदानका लागि धन्यवाद दिएका थिए।



    भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल पेरिस सम्झौताको कार्यान्वयनका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएको राष्ट्रवति कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार