Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेका छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई जनतासँग जोड्नुपर्ने बताएका छन् ।

नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले पार्टी निर्माणको क्रममा आफूहरू लागिरहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीले आफ्नो ढंगले गति लिइरहेको छ । निराशा छैन । आशा र उत्साह छ । त्यसैले मैले भन्ने गर्छु फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार । हामीले २०६२/६३ को आन्दोलन गर्दाखेरी राजतन्त्रलाई फाल्न खोज्दा मान्छे केही निराश थिए फाल्न सकिँदैन भनेर । तर, केही मान्छेहरु फाल्न सकिँन्छ उत्साहित थिए । दुनियाँ बदल्ने उत्साह भएका हामीहरू निरन्तर लागिरहेका थियौं।'

अध्यक्ष नेपालले पार्टीमा हाम्रो मित्र र शत्रु को हुन् भन्ने छुट्याउन सक्नुपर्ने बताए । प्रतिगामी शक्तिहरू फेरी टाउको उठाइरहेको उनले बताए। अध्यक्ष नेपालले आफ्नो पार्टीलाई एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै आफूहरूलाई सिध्याउन खोजेको आरोप लगाए ।

अध्यक्ष नेपालले आफुहरुलाई सिध्याउन र गठबन्धनलाई ध्वस्त बनाउन केही षड्यन्त्रकारी लागि परेको बताए । अध्यक्ष नेपालले गठबन्धनलाई मात्रै भरोसा गरेर जिताइदेलान् भनेर बस्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077