Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेले सत्ता गठबन्धनलाई ध्वस्त पार्न खोज्दैछ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले गठबन्धनलाई ध्वस्त पार्न खोजेको आरोप लगाएका छन्।

काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले एमालेबाट गठबन्धनलाई ध्वस्त पार्ने षडयन्त्र भइरहेको आरोप लगाए। अध्यक्ष नेपालले आफूहरु पहिले रहेका पार्टीका नेताहरूले गठबन्धनलाई ध्वस्त पार्न खोजेको भन्दै उनीहरुको षड्यन्त्रलाई सफल हुन नदिने बताए।

उनले गठबन्धनका साथै पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे। अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धनमामात्रै भर नगरि आफ्नो शक्ति निर्माण गर्नुपर्ने जिकिर गरे ।

अहिले प्रतिगामी तत्वहरूले व्यवस्थामाथि प्रहार गरिरहेको भन्दै उनले व्यवस्थाको पक्षमा उभिनेहरुलाई शत्रुको रुपमा हेर्न नहुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077