Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिक कर्तव्यलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ : आईजीपी कुँवर

    नागरिक कर्तव्यलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 450
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नागरिक कर्तव्यलाई केन्द्रमा राखेर अगाडि जान सकेमात्र समाज परिवर्तन हुने बताएका छन् ।

    काठमाडौं फोहोर सङ्कलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्वोधन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन्।



    आईजीपी कुँवरले यस अभियानले स्वभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्दै समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।



    अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जान नसेकेको कारणले सबै किसिमको समस्या आउने गरेकोले युवा वर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जोड दिए ।

    नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरू भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको मुल गेट, केशर महल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायण चौरमा पुगेर सम्पन्न भएको थियो ।

    उक्त दौडमा प्रथम हुनेलाई ५० हजार रूपैयाँ, द्वितीय हुनेलाई २५ हजार रूपैयाँ, तृतीय हुनेलाई १५ हजार रूपैयाँ र चौथो हुनेलाई ५ हजार रूपैयाँ पुरस्कार समेत प्रदान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार