Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी जेठ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि गरेको छ ।

आजको बैठकमा राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र प्रस्तावमाथि निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077