Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भालुवाङको पुलबाट राप्ती नदीमा खस्यो यात्रुबाहक बस, उद्धार कार्य जारी

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाङको भालुवाङस्थित पुलबाट राप्ती नदीमा खसेको छ। 

राप्ती नदी पार गर्ने क्रममा बस पुलबाट नदीमा खसेको हो। बस पुलबाट नदीको किनारमा खसेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालयका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति १० बजेतिर राप्ती नदीमा खसेको हो। बसमा ३० देखि ३५ जना यात्रु सवार रहेका बताइएको छ।

अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार भइरहेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।  

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077