Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भालुवाङ बस दुर्घटना : ५ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाङको भालुवाङस्थित पुलबाट राप्ती नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। 

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति १० बजेतिर राप्ती नदीमा खसेको थियो। 

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने परिचय खुलेको छैन। घाइतेलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077