Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कर्मचारी कटौतीमा प्रधानमन्त्रीकै लोकरिझ्याईँ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६८ दरबन्दी कटौती गर्ने निर्णय १५ दिन बितिसक्दा पनि प्रमाणीकरण हुन सकेको छैन।

यही पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ओएन्डएम (संगठन तथा व्यवस्थापन) परिमार्जन गरी कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको थियो। यसअघि मन्त्रिपरिषद्ले गरेका निर्णय सामान्यतया एक साताभित्र प्रमाणीकरण हुने गरेका थिए।

प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार यो निर्णय अहिले अलपत्र छ ।

ती कर्मचारीले भने, ‘मन्त्रिपरिषद्ले गरेको ओएनएम परिमार्जनको निर्णय सचिव र केही थोरै सहसचिवभन्दा तल्लो तहका कर्मचारीको हातमा पुगेको छैन। निर्णय कार्यान्वयन नगर्न सचिव तथा सहसचिव नै लागिपरेका छन्।

निर्णय कार्यान्वयन हुनेबित्तिकै तीन सचिव, दुई सहसचिव, ३७ उपसचिवसहित ६८ जना कर्मचारी प्रधानमन्त्री कार्यालयबाट बिदा हुनेछन्। तर उनीहरू प्रधानमन्त्री कार्यालयबाट बिदा हुन चाहँदैनन्। त्यसैले यो निर्णय कार्यान्वयनमा शंका छ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077