Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोमा परी कोलम्बियामा १८ जनाको मृत्यु

एजेन्सी । उत्तरपश्चिमी कोलम्बियामा शुक्रबार गएको भीषण पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनाका साथै धेरैजना घाइते भएका छन् ।

चोकोको राजधानी क्विब्डो र एन्टिओकियाको राजधानी मेडेलिन बीचको सडकमा पहिरो खस्दा थुप्रै मानिस र सवारीसाधन त्यस क्षेत्रमा फसेको कोलम्बियाका उपराष्ट्रपति फ्रान्सिया मार्क्वेजले ट्विटरमा उल्लेख गरेका छन् ।

कम्तीमा ३५ जना घाइतेलाई विभिन्न अस्पतालमा लगिएको पनि राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन एकाइले विज्ञप्तिमा जनाएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले घटनालाई 'भयानक त्रासदीको रूपमा वर्णन गर्दै प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न अधिकारीहरूलाई सक्दो प्रयास गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077