Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अनेरास्ववियुका अध्यक्ष बडालले भने -विद्यालय शिक्षामा नीजि लगानी बन्द गनुपर्छ

    अनेरास्ववियुका अध्यक्ष बडालले भने -विद्यालय शिक्षामा नीजि लगानी बन्द गनुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 300
    SHARES

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय शिक्षामा नीजि लगानी बन्द गरिनुपर्ने बताएको छ।

    संसदको शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै अनेरास्ववियु अध्यक्ष समिक बडालले शिक्षा क्षेत्रमा नीजि लगानि बन्द गरिनुपर्ने कताएका हुन्।



    नीजि लगानीका विद्यालय शैक्षिक गुठीमा जानुपर्ने भनिएकोमा यसले निजि विद्यालयथप खोल्न प्रोत्साहन गरेको बताए।



    विद्यालय शिक्षामा नीजि लगानी बन्द हुनुपर्छ भन्ने सुझाव रहेको बताए। कम्पनी एन अनुसार दर्ता भएका नीजि विद्यालयहरू सार्वजनिक शैक्षिक गुठीमा जानुपर्ने ब्यवस्था लागुगर्नुपर्ने बताए।

    विधेयकको प्रस्तावनामै त्रृटी भेटिएको भन्दै त्यसमा नै संशोधन गरिनुपर्ने बताए।

    शिक्षकको हकमा अहिलेको अवस्थामा नै शिक्षक पाउन गाह्रो भईरहेको अवस्थामा विधेयकमा उल्लेख भए अनुसार गरिए झन समस्या हुने बताए।

    विद्यालय शिक्षाको पाठ्यक्रम मौलिकता झल्काउने खालको हुनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार