Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सर्वोच्च अदालतभित्र न्यायाधीश भुवन गिरीकी पत्नीले गरिन् आत्मदाह प्रयास

    सर्वोच्च अदालतभित्र न्यायाधीश भुवन गिरीकी पत्नीले गरिन् आत्मदाह प्रयास

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 6.8K
    SHARES

    काठमाडौं । एक महिलाले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् ।

    न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी हुन् ।



    आरतीले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।



    प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् ।

    उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ आरतीले शरीरमा पेट्रोल खन्याइन् ।

    तर, आगो सल्काउन खोज्दा प्रहरीले रोका थिए । अर्धचेत रहेकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।

    यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार