Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतलाई माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भने – मार्च १५ भित्र सेना फिर्ता लैजानू

    भारतलाई माल्दिभ्सका राष्ट्रपति मुइज्जुले भने – मार्च १५ भित्र सेना फिर्ता लैजानू

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 768
    SHARES

    एजेन्सी । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशमा तैनाथ भारतीय सेनालाई मार्च १५ सम्म हटाउन आग्रह गरेका छन्।

    माल्दिभ्सस्थित भारतीय दूतावासका अधिकारीहरूलाई राष्ट्रपति मुइज्जुले औपचारिक रूपमा आफ्नो देशबाट भारतीय सेना फिर्ता गर्न आग्रह गरेका हुन्।



    आइतबार राजधानी मालेमा बसेको द्विपक्षीय उच्चस्तरीय बैठकमा माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्नुपर्ने विषयमा छलफल भएको थियो।



    चीन भ्रमणबाट फर्किएलगत्तै राष्ट्रपति मुइज्जुले भारतलाई लक्षित गर्दै ठूला देशहरू साना देशमाथि हेप्ने लाइसेन्सप्राप्त नहुने बताएका थिए।

    दोस्रो दिन नै उनले भारतले सेना फिर्ता लैजानुपर्ने बताउँदै त्यसका लागि भारतीय दूतावासलाई आग्रह गरेका हुन्। माल्दिभ्सका टापुमा कम्तिमा ७५ जना भारतीय सैनिक तैनाथ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    भारत सरकारले सन् २०२०मा दिएको सैनिक विमान सञ्चालन गर्नका लागि सन् २०२१ देखि भारतीय सेना माल्दिभ्सको टापुमा बस्दै आएका छन्। उनीहरूले विशेषगरी उद्धारको काममा ती विमानहरू प्रयोग गर्ने बताएको छ।

    महिनौंसम्म उनको पार्टीले ‘इन्डिया आउट’ को अभियान समेत चलाएको थियो।उनले विपक्षी दलका नेताहरूले राष्ट्रिय सार्वभौमसत्तासँग सम्झौता गर्दै भारतीय सेनालाई आफ्ना टापुहरूमा बस्न दिएको आरोप लगाउने गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार