Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टुँडिखेलमा भीड अनियन्त्रित हुँदा आठ जना घाइते

    टुँडिखेलमा भीड अनियन्त्रित हुँदा आठ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा आठ जना घाइते भएका छन्।

    माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भिडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।



    उनीहरुको अवस्था सामान्य छ । भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भिडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ ।

    कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार