Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टुँडिखेल भागदौडमा घाइते भएकामध्ये १० जना डिस्चार्ज, ६ जनाको उपचार जारी

    टुँडिखेल भागदौडमा घाइते भएकामध्ये १० जना डिस्चार्ज, ६ जनाको उपचार जारी

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 612
    SHARES

    काठमाडौँ । टुँडिखेलमा थारु र मगर समुदायले आयोजना गरेको माघी महोत्सवमा धकेलाधकेल हुँदा घाइते भएका १६ जनामध्ये १० जना डिस्चार्ज भएका छन् ।

    माघी महोत्सवमा टुँडिखेलभित्र पस्ने र निस्कने क्रममा उनीहरू घाइते भएका हुन् ।



    वीर अस्पताल स्थित ट्रमा सेन्टरबाट डिस्चार्ज भएर १० जना घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँजनाएको छ । १६ जना घाइतेमध्ये बाँकी ६ जनाको ट्रमा सेन्टरमा उपचार जारी छ।



    उपचाररतमा धादिङको गंगा जमुना गाउँपालिका–५ की १९ वर्षीया रेजिना घले, कैलालीको घोडाघोडी गाउँपालिकाकी १९ वर्षीया रिजा रेग्मी मगर, संखुवासभाको म्याग्दी नगरपालिकाकी २२ वर्षीया निर्मला श्रेष्ठ, ललितपुर महानगरपालिका–२२ की २७ वर्षीया रश्मी नेपाल, दोलखाको आरुघाट–८ की ११ वर्षीया युनिका बराल र उदयपुरको रौतामाई गाउँपालिका–८ की १४ वर्षीया करिश्मा मगर रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार