Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • संविधान दिवस : टुँडिखेलमा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, शान्तिको नाममा सेतो परेवा उडाइयो

    संविधान दिवस : टुँडिखेलमा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, शान्तिको नाममा सेतो परेवा उडाइयो

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ६ वर्ष पूरा भएको अवसरमा सविधान दिवस भव्यताका साथ मनाइएको छ ।

    सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयता सहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।



    सैनिक मञ्च टुँडिखेलमा आज बिहान संविधान दिवस मूल समारोह समितिद्वारा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायतको सहभागीता थियो ।



    टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

    संविधान दिवस सरकारले असोज दुई गतेदेखि चार गतेसम्म तीन दिने कार्यक्रम गरेर मनाइरहेको छ । आज मुख्य दिन घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारले सबै नेपालीहरुलाई आह्वान गरेको छ ।

    यस्तै, संविधान दिवसको अवसर पारेर प्रदान गरिने विभिन्न मानपदवी र विभूषण यसपटक ९ सय ३ जनाले पाएका छन्।

    यस्तै, राष्ट्रपतिले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन्। जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिएको छ।

    यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन्। यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गरिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार