Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपकुलपतिको कार्यकक्षमा ताला लगाउँदै मेयर हर्कको चेतावनी - खोल्ने आँट नगरून्

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् ।

सोमबार शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन् ।

उनले आफूलाई लगाएको ताला अरूलाई नखोल्न चेतावनी दिएका छन् । आवश्यक परे आफैँ खोल्ने उनको भनाइ छ ।

'उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरून् । आवश्यक परे म आफैँ आएर खोल्छु,' उनले भने ।

तालाबन्दीपछि सामाजिक सञ्जालबाट उनले उपकुलपति ढिलो नगरी निकास दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077