Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

त्रिशूलीमा गाडी खसेको आशंका, गोताखोरको टोलीले खोज्दै

काठमाडौं । त्रिशूली नदीमा गाडी खसेको आशंकामा गोताखोर परिचालन गरिएको छ।

मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको हो ।

‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म केही पत्ता लागेको छैन । गोताखोर परिचालन गरेर खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ । स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077