Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

त्रिशूलीमा खसेको जीप गोताखोरले बाहिर निकाल्यो, मान्छे भटिएनन्

चितवन । त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् ।

प्रहरीका अनुसार बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो त्रिशूली नदीबाट निकालिएको हो ।

बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।

जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077