Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

न्युजिल्यान्डले जित्यो पाकिस्तानविरुद्धको सिरिज

एजेन्सी । न्युजिल्यान्डका ओपनर फिन एलनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङ्ग्समा सर्वाधिक छक्काको विश्व कीर्तिमान बराबरी गरेका छन्।

बुधबार घरेलु मैदानमा फिनले पाकिस्तानविरुद्धको तेस्रो टी-२० खेलमा १३७ रन जोडेका हुन्।

उनले ६२ बलमा ५ चौका र १६ छक्का प्रहार गर्न सफल भए। यो न्युजिल्यान्डका लागि एकै इनिङ्ग्समा सर्वाधिक छक्काको कीर्तिमान हो।

यस्तै सर्वाधिक छक्का प्रहार गर्ने विश्वकीर्तिमान बनाउने अफगानिस्तानका हज्रातुल्लाह जजाइसँग बराबरी हो।

जजाइले सन् २०१९ मा भारतको देहरादुनमा आयरल्यान्डविरुद्ध १६ छक्का प्रहार गरेका थिए।

उनको कीर्तिमानी ब्याटिङसँगै न्युजिल्यान्डले खेल ४५ रनले जित्यो भने तीन खेलको सिरिज ३-० ले अग्रता लिँदै दुई खेलअघि नै जितेको छ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २२४ रन जोड्यो। फिनले १३७ रन जोड्न सफल भए।

२२५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १७९ रन जोड्यो।

उसका लागि बाबर आजमले ५८ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077