Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : मतदाता परिचयपत्र सम्बन्धमा आयोगले दियो यस्तो निर्देशन

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको परिचयपत्र सम्बन्धमा निर्देशन जारी गरेको छ ।

आयोगका अनुसार मतदाताको पहिचानका लागि निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने कुनै प्रमाण कागजात लिएर मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरिएको हो ।

निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरू प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचयपत्रको आधारमा मतदान गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

यही माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077