Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी खापुङले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख ‍प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले पदभार ग्रहण गरेका छन् ।

हालै सरुवा भएर आएका डिआईजी खापुङले आज बुधबार पदभार ग्रहण गरेका हुन् ।

नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौंबाट उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदभार ग्रहण पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ-आफ्नो पदीय जिम्मेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटिई जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077