Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 594
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।

    राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिएको हो ।



    प्रधानमन्त्री प्रचण्ड युगान्डामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।



    प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्कालाई तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्ड माघ ७ गते स्वदेश फर्किने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार