Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पाकिस्तानले इरानबाट फिर्ता बोलायो राजदूत

    पाकिस्तानले इरानबाट फिर्ता बोलायो राजदूत

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 561
    SHARES

    एजेन्सी । पाकिस्तानी विदेश मन्त्रालयले इरानबाट आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।

    पाकिस्तानले इरानद्वारा सार्वभौमसत्ताको र संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तहरूको उल्लंघन भएको भन्दै राजदूत फिर्ता बोलाएको हो ।



    यसअघि मंगलबार इरानले पाकिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गर्दै मिसाइल आक्रमण गरेका कारण दुई पाकिस्तानी बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताएको थियो ।



    पाकिस्तानमा रहेको जैश अल–जुल्म आतंकवादी समूहका दुई महत्वपूर्ण अड्डाहरू मिसाइल र ड्रोन हमलामा ध्वस्त भएका छन् ।

    पाकिस्तानी प्रत्याक्रमणमा इरानका कम्तीमा ९ जनाको ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार