Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन सुरक्षाबारे कार्यबाहक प्रधानमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले देशको पछिल्लो सुरक्षास्थितिबारे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरूसँग उनले छलफल गरेका हुन् ।

छलफलमा गृहमन्त्री श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक सहभागि थिए ।

रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए।

त्यस अवसरमा खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनसमेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077