Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईजीपीलाई फेसबुकमा गाली, मलेसिया बस्ने बिन्दुलाई साइबर अपराधको मुद्दा

    आईजीपीलाई फेसबुकमा गाली, मलेसिया बस्ने बिन्दुलाई साइबर अपराधको मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 7K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलगायतलाई सामाजिक सञ्जालमा गालीगलौच गर्ने युवतीलाई प्रहरीले साइबर क्राइमको मुद्दा चलाएको छ ।

    गोरखा स्थायी घर भइ मलेसिया बस्ने बिन्दु परियारलाई साइबर ब्यूरोले साइबर अपराध मुद्दा चलाएको हो ।



    परियार मलेसियामा बस्दै आएकी छिन् । आइजिपी कुँवर र उनको परिवारविरुद्ध उनले पटक–पटक अशोभनिय टिप्पणी गर्दै आएका छन् ।



    प्रतिवादी परियारले अरुको नाममा फेसबुक आइडी खोलेर यसरी गाली गर्दै आएकी हुन् ।

    उनीविरुद्ध अर्का एक व्यक्तिले पनि साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

    मलेसियामै रहेका परियारलाई फरार प्रतिवादीका रुपमा मुद्दा दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार