Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

लाइसेन्सका लागि ६ लाख स्मार्ट कार्ड नेपाल आइपुग्यो

काठमाडौं । १२ लाख चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) मध्ये ६ लाख कार्ड नेपाल आइपुगेको छ।

यातायात व्यवस्था विभागका अनुसार जर्मनीको मूलबर्ग कम्पनीले पहिलो खेपमा ६ लाख कार्ड ल्याएको हो । अब रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइ सुरु हुनेछ ।

गत आर्थिक बर्ष २०७९–८० मा टेण्डर गरेअनुसार कार्ड नेपाल आएको विभागले जनाएको छ । अन्य कार्ड विस्तारै आउने बताइएको छ ।

जर्मनिको मूलवर्गसँग १२ लाख कार्ड छपाइका लागि आर्थिक बर्ष २०७९–८० मा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077