Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियन कप फुटबल : इराक, इरान र इन्डोनेसियाको जित

एजेन्सी । एएफसी एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसिया विजयी भएका छन् । गएराति भएको खेलमा इन्डोनेसियाले भियतनामलाई १–० गोलले हराएको हो ।

उसका अस्नावी बाहरले खेलको ४२औँ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक भयो । समूह ‘डी’ मा इन्डोनेसिया र जापानको २ खेलमा ३ अङ्क तथा इराकको २ खेलमा ६ अङ्क छ ।

जापान समूह चरणको दोस्रो खेलमा इराकसँग पराजित भएको छ । हिजो भएको पहिलो खेलमा जापानलाई इराकले २–१ गोलले हरायो । इराकका अइमान हुसेनले खेलको पहिलो हाफमा दुई गोल गरे ।

दोस्रो हाफको अन्तिम समयमा जापानका वातारु एन्डोले एक गोल फर्काए । त्यस्तै समूह ‘सी’ मा इरानले हङकङलाई १–० गोलले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077