Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसियन कप फुटबल : इराक, इरान र इन्डोनेसियाको जित

    एसियन कप फुटबल : इराक, इरान र इन्डोनेसियाको जित

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 576
    SHARES

    एजेन्सी । एएफसी एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसिया विजयी भएका छन् । गएराति भएको खेलमा इन्डोनेसियाले भियतनामलाई १–० गोलले हराएको हो ।

    उसका अस्नावी बाहरले खेलको ४२औँ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक भयो । समूह ‘डी’ मा इन्डोनेसिया र जापानको २ खेलमा ३ अङ्क तथा इराकको २ खेलमा ६ अङ्क छ ।



    जापान समूह चरणको दोस्रो खेलमा इराकसँग पराजित भएको छ । हिजो भएको पहिलो खेलमा जापानलाई इराकले २–१ गोलले हरायो । इराकका अइमान हुसेनले खेलको पहिलो हाफमा दुई गोल गरे ।



    दोस्रो हाफको अन्तिम समयमा जापानका वातारु एन्डोले एक गोल फर्काए । त्यस्तै समूह ‘सी’ मा इरानले हङकङलाई १–० गोलले हराएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार