Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रड प्रहार गरी महिलाको हत्या, श्रीमान पक्राउ

दाङ । दाङमा एक व्यक्तिले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपमहागनरपालिका – ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन्।

मदिराले मातेका चौधरीले घर भित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटना शनिबार राति सवा १० बजेतिरको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077