Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदको महासचिव नियुक्तिका लागि राष्ट्रपतिलाई सभामुख घिमिरेले पठाए स्मरणपत्र

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाएका छन्।

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले महासचिव नियुक्तिका लागि गरिएको सिफरिसबारे राष्ट्रपतिलाई स्मरणपत्र पठाएका हुन् ।

सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गरेका थिए ।

तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय गरेका छैनन्।

लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरे तिमिल्सिनाले ४ माघमा स्मरणपत्र पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077