Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २५ हजार नाघ्यो

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ।

मन्त्रालयले जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा प्यालेस्टिनी एन्क्लेभमा १७८ प्यालेस्टाइनीको हत्या भएको छ भने अन्य २९३ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि मृत्यु हने प्यालेस्टाइनीको कुल सङ्ख्या २५ हजार १०५ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ६२ हजार ६८१ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077