Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा दुर्घटना भएको जहाजका पाइलटसहित ४ जनाको उद्धार

एजेन्सी । अफगानिस्तानमा दुर्घटना भएको जहाजमा सवार ६ जना मध्ये चार जनालाई जीवितै उद्दार गरिएको छ।

थाइल्याण्डबाट मस्को उडेको डल्सन फाल्कन डिएफ १० एयर एम्बुलेन्स अफगानिस्तानको बदख्सान प्रान्तको कुफ अब जिल्लास्थित चीन, पाकिस्तान र ताजकिस्तानको सीमामा दुर्घटना भएको थियो।

जहाजमा ६ जना सवार भएको र पाइलटसहित ४ जनालाई जीवितै उद्धार गरिएको अफगानिस्तानको उड्डयन तथा यातायात मन्त्रालयले जनाएको छ ।

उक्त विमानले भारतको गया विमानस्थलमा इन्धन भरेको थियो। त्यहाँबाट उडेर अफगानिस्तानको आकाशमा पुगेपछि विमान राडारबाट सम्पर्कविहीन भएको थियो ।

त्यसपछि खोजी गर्ने क्रममा अफगानिस्तानको कुफ अब जिल्लाको पहाडी क्षेत्रमा दुर्घनाग्रस्त भेटिएको थियो। विमानमा रहेका अन्य २ जनाको अवस्था भने अज्ञात छ।

उनीहरूको खोजी भइरहेको अफगानी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077