Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सुन तस्करीको जरो खोतल्दै जाँचबुझ आयोग

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीको जरो खोतल्दै गएको दाबी गरेको छ।

आयोगले हालसम्म ब्रेक सु र भेप प्रकरणमा सीआईबीले नछोएका ९ सहित ४२ जनासँग सोधपुछ र बयान लिएको छ भने ३ अनुसन्धान–अभियोजनकर्तासँग पनि परामर्श लिएको छ।

सुन तस्करीको जरो पत्ता लगाउन उच्च तहका व्यापारी, कर्मचारी र राजनीतिक नेतृत्वसम्मको संलग्नताबारे अनुसन्धान भइरहेको आयोगले बताएको हो।

सरकारलाई प्रतिवेदन बुझाउने तीन महिना समयसीमा तोकेर गत असोज दोस्रो हप्ता गठन गरेको आयोगलाई पुनः २ महिनाको समय थप गरिएको छ।

थपिएको समयसीमाभित्र प्रतिवेदन तयार गर्ने गरी आयोगले काम गरिरहेको डिल्लीराज आचार्यले दाबी गर्नुभयो।

उनले भने – ‘हामीले हाल अनुसन्धान र अभियोजनकर्ता ३, अनुसन्धान र अभियोजनकर्ताले मुद्दा नचलाएका ९ सहित थुनामा रहेका र तारेखमा छुटेकाहरू गरी ४२ जनासँग सोधपुछ गरेका छौं, बयान लिएका छौं । थप गरिएको २ महिनामा प्रतिवेदन तयार गर्ने गरी अनुसन्धानको कामलाई तीव्र बनाएका छौं ।’

अनुसन्धान गर्दै जाँदा विशेष परिस्थितिमा कोही संलग्नता आशंका भए मात्रै म्याद थपको आवश्यक पर्ने उहाँको भनाइ छ। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077