Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सूर्यदर्शन सहकारीका पीडितले कांग्रेस सभापति देउवालाई बुझाए ज्ञापन पत्र

कास्की । सूर्यदर्शन सहकारीका पीडितले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।

कांग्रेस कास्की जिल्‍ला सम्मेलनमा उद्घाटन गर्न पुगेका सभापति देउवालाई सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ लगायतले ज्ञापन पत्र बुझाएका हुन्।

उनीहरूले सहकारी पीडितको समस्याको समाधानका लागि पहल गरिदिन सभापति देउवासँग माग गरेका छन्। पोखराको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा दुई जना पुर्पक्षको लागि थुनामा छन्।

सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ पुर्पक्षका लागि थुनामा छन्। सहकारीका अध्यक्ष जिबी राईसहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो। उनीहरू अहिले फरार छन्।

उनीहरूले सूर्यदर्शन सहकारीबाट एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको पोखरा महानगरले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077